कचनकवलमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण

कचनकवल। कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, कचनकवल गाउँपालिका र करूणा फाउण्डेशन नेपालबीचको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम (DPRP) अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्री वितरण गरिएको छ।

राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक साझेदारी र सिबिआर विराटनगरको प्राविधिक सहयोगमा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत असार महिनामा गरिएको नापजाँचका आधारमा २१ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सामग्री उपलब्ध गराइएको हो।

EPIC EPIC EPIC EPIC EPIC

वितरित सामग्रीहरूमा परिमार्जित जुत्ता, सिपी कुर्सी, ह्विलचेयर, वाकर, स्ट्यान्डिङ फ्रेम, बस्ने कुर्सी, CTEV जुत्ता र रोलेटरजस्ता दैनिक जीवनयापन सहज बनाउने सहायक उपकरणहरू समावेश छन्।

सामग्री वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी , उपाध्यक्ष नवराज भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल्ली गौतम, योजना शाखा प्रमुख केशव मैनाली , शिक्षा शाखा प्रमुख मनिता बराल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मेनुका घिमिरे , कचनकवल अपाङ्गता संस्था अध्यक्षलगायतको उपस्थिति थियो।

कार्यक्रम सफल बनाउन सिबिआर विराटनगरको टिमले असार महिनाको हिलोपानी र साउनको झरीको प्रवाह नगरी निरन्तर समन्वयमा रही, केही लाभग्राहीको घरमै पुगेर नापजाँच तथा फिटिङ समेत गरेको थियो।

कार्यक्रम व्यवस्थापनमा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुखको विशेष भूमिका रहेको जनाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *