बनियानी। झापाको कचनकवल गाउँपालिका-१ मेची गाउँमा आगलागी हुँदा एक घर क्षतिग्रस्त भएको छ।
४१ वर्षीया रिता मेचेको घरमा आज अपराह्न ३:३० बजे चुलोबाट लागेको आगो अचानक फैलिएको थियो। बाँस, खर, र टिनको छाना भएको एक कोठे भान्सा घरमा आगो लागेपछि प्रहरी चौकी घेराबारीबाट प्रहरी टोली खटिएको थियो। स्थानीयबासी र सुरक्षाकर्मीको सक्रियतामा आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको छ।
प्रहरीका अनुसार आगलागीका कारण भाँडाकुँडा, अन्नपात लगायतका सामग्री जलेर करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगो निभाउन करिब ४५ मिनेट लागेको बताइएको छ।