कचनकवल। झापाको कचनकवल गाउँपालिका १ (डाँंगीबारी)मा सोमबार रातीदेखी ८वटा जंगली हात्ती चीया बगानमा प्रवेश गरेको छ।
हात्ती गाउँ प्रवेश गरेको थाहा पाए लगत्तै जील्ला वन कार्यलय र जील्ला प्रहरी कार्यलय झापाको टोलीले हात्ती रहेको स्थानमा निगरानी बढाएको छ।
हात्ती मंगलबारसम्म पनि गन्तव्य स्थानतर्फ नगए पछि हात्ती धपाउनेक्रममा हात्तीले स्थानीय छत्र नीरौला र टंक राजवंशीको धान नष्ट गरेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभएको।
उहाँका अनुसार हाल हात्तीहरू डाँगीबारी जमुना पुल नजीक रहेको र उक्त हातीहरू दक्षीण केचनातर्फ पठाउने प्रयास भइरहेको रहेको छ।