कचनकवल। झापाको कचनकवलमा एकजनाले रुखमा झुण्डिएर आत्महत्या गरेका छन्।
कचनकवल गाउँपालिका ७ बालुबाडीका ६० वर्षीया मालिकचन्द राजवंशीले घरदेखी करिब ६ सय मिटर पर रहेको कदमको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयको टिलीले शव पोस्टमार्टमका लागी मेची प्रादेशिक अस्पताल पठाएर घटनस्थलको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।