कचनकवलमा एकैरात तीन घरमा चोरी, लाखौंका गरगहना चोरेर फरार

कचनकवा। झापाको कचनकवल गाउँपालिका–४, केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेकाे समयमा तीन घरमा चोरी भएकाे छ। आइतबार राति करिब ९ बजेकाे समयमा सुनसानकाे फाइदा उठाउँदै लुटेराहरूले घरमा पसेर लाखाैंकाे धनमाल चोरेका हुन्।

लुटपाटमा पंडित प्रदीप भण्डारीकाे घरबाट ३ तोला सुन र भारतीय रुपैयाँ २५ हजार नगद, टक खनालकाे घरबाट सुनकाे सिक्री र नगद २० हजार रुपैयाँ तथा लक्ष्मी चौहानकाे घरमा रहेका सामानहरू छरपस्ट पारी चोरहरू फरार भएकाे इलामा प्रहरी चौकी केचनाका प्रहरी नायव निरीक्षक राजन प्रधानले बताए।

EPIC EPIC EPIC EPIC

घटनाकाे समयमा गाउँमा अष्टजाम संकीर्तनकाे भीडभाड रहेकाे र घरहरू सुनसान भएकाे कारण चोरी गर्न सजिलो भएकाे अनुमान गरिएकाे छ। स्थानीयवासीहरूका अनुसार चोरीहरु अन्दाज नलाग्ने गरी फरार भएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *