कचनकवलमा क्षयरोग पहिचान अभियान: घेराबारीमा घरदैलो कार्यक्रम सुरु

कचनकवल। कचनकवल गाउँपालिका–१, घेराबारीमा क्षयरोग पहिचानका लागि आजदेखि व्यापक खोजी अभियान सुरु भएको छ। यस अभियानअन्तर्गत, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूले प्रत्येक साविक वडाका घरदैलोमा पुगेर स्वास्थ्य अवस्था सम्बन्धी तथ्यांक संकलन गरिरहेका छन्।

स्वास्थ्य शाखाले खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने, साँझपख ज्वरो आउने, खान मन नलाग्ने, तौल घट्नेजस्ता लक्षण देखिएमा यी समस्याबारे सही जानकारी उपलब्ध गराउन सबैलाई आग्रह गरेको छ।

EPIC EPIC EPIC EPIC EPIC

तथ्यांक संकलनपछि, आगामी मंसिर १६ र १७ गते (आइतबार र सोमबार) कोशी प्रदेशका चिकित्सक र एक्स-रे प्राविधिकको टोलीले घेराबारी स्वास्थ्य चौकीमा बिहान ७:०० बजेदेखि निशुल्क छातीको पोर्टेबल एक्स-रे सेवासहित रोग पहिचान कार्यक्रम सञ्चालन गर्नेछ।

स्वास्थ्य शाखाका प्रमुख जागेश्वर यादवले सम्पूर्ण स्थानीयवासीलाई यस कार्यक्रममा सहभागी भई आफ्नो स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेका छन्। साथै, कार्यक्रमलाई सफल बनाउन अभिभावक, परिवारका सदस्य र सरोकारवालाहरूको सक्रिय सहयोग र समन्वय अपेक्षित रहेको शाखा प्रमुख यादवले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *