कचनकवलमा खानेपानीको पाइपलाइन विस्तार तीव्र

  • नवीन उप्रेती

कचनकवल। झापाको कचनकवल गाउँपालिकाले संघीय सरकारको विशेष अनुदानबाट खानेपानी विस्तारलाई तीव्रता दिएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को संघीय विशेष अनुदानबाट ९५ लाख रुपैयाँ बराबरको खानेपानी पाइप विस्तार गरिएको हो।

यसै आर्थिक वर्षमा पालिकाले पुनः १ करोड १५ लाख रुपैयाँको अनुदान प्राप्त गरेको थियो, जसअनुसार ९२ लाख रुपैयाँ बराबरको बोलपत्र स्वीकृत भइसकेको छ। बालुबाडी र बनियानी क्षेत्रमा प्रत्येक घरमा खानेपानीको पाइपलाइन जडान गरिसकिएको छ। साथै, आर्सेनिकयुक्त पानीको समस्या समाधान गर्न शुद्ध पानी वितरण अभियान सञ्चालन भइरहेको छ।

EPIC EPIC EPIC

पालिकाले गत वर्ष खरिद गरेका पाइपहरू सम्बन्धित खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिसकेको छ। अघिल्लो वर्ष ठूला पाइप विस्तारमा केन्द्रित पालिका अब वडा नम्बर १, ३,४ मा २०८२ सालभित्र खानेपानी सञ्चालन गर्ने लक्ष्य लिएको छ। हाल ती वडामा पाइप जडान तथा खन्ने कार्य जारी छ, जसका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत श्रमिक परिचालन गरिएको छ।

कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईका अनुसार, पालिकाले खानेपानी पूर्वाधार निर्माण मात्र नभई गुणस्तरीय वितरण सुनिश्चित गर्ने लक्ष्य राखेको छ। “हामी प्रत्येक नागरिकको घर-घरमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्यमा छौं। विगतमा मुख्य पाइपलाइन विस्तारमा केन्द्रित थियौं, अब प्रत्येक टोल र घरधुरीमा पानीको सुविधा पुर्‍याउने अभियानमा छौं,” उनले भने।

उनका अनुसार, वडा २ र ४ मा पनि खानेपानी विस्तारको काम भइरहेको छ, भने वडा नम्बर ५ मा ओभरहेड ट्याङ्की निर्माण कार्य सकिएपनि फिल्टर नभएकाले संचालनना आएको छैन। संघीय सरकारसँग थप सहयोग माग गरिएको छ, र पालिका आगामी बजेट तथा नीति कार्यक्रममा पाठामारी खानेपानी आयोजना समावेश गरी कार्यान्वयन गर्ने तयारीमा छ।

“केवल पाइप विस्तार गरेर मात्र खानेपानी समस्या समाधान हुँदैन, पानी स्रोतको दिगो व्यवस्थापन जरुरी छ। त्यसैले, हाम्रो पालिका जलस्रोत संरक्षणका कार्यक्रमहरूमा पनि सक्रिय हुँदैछ,” उपाध्यक्ष भट्टराईले भने।

गाउँपालिकाले “घर-घरमा स्वच्छ पानी” अभियानलाई प्राथमिकतामा राख्दै विभिन्न स्रोतसाधन परिचालन गरिरहेको छ। खानेपानी उपभोक्ता समितिहरू तथा प्रदेश सरकारअन्तर्गतका निकायहरूसँग सहकार्य गर्दै ओभरहेड ट्याङ्कीहरू व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ।

हाल कचनकवलमा बनियानी, बालुबाडी र सुकुनाडीमा खानेपानी ट्याङ्की सञ्चालनमा छन्। चाँडै वडा ३ मा एचटी लाइन तथा ट्रान्सफर्मर जडान गरिनेछ। कोशी प्रदेश सरकारका सिँचाइ तथा ऊर्जा मन्त्रीले अवलोकन गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्।

स्रोतसाधनको अभावका बीच पनि गाउँपालिका स्थानीय बासिन्दालाई स्वच्छ पानी आपूर्ति गर्न प्रतिबद्ध रहेको उपाध्यक्ष भट्टराईले बताएका छन्। साथै, पालिकाले समुदायलाई खानेपानी सरोकारमा सचेत बनाउन विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ।

“खानेपानी मात्र उपलब्ध गराउनु हाम्रो उद्देश्य होइन, जनताले सुरक्षित र स्वास्थ्यकर पानी पिउन सकुन् भन्ने सुनिश्चित गर्नुपर्छ। त्यसैले, पानी सरसफाइका विषयमा जनचेतना अभिवृद्धि गर्न हमी लागिपरेका छौं,” उपाध्यक्ष भट्टराईले थपे।

गाउँपालिकाले आगामी वर्षभित्र तीननयाँ खानेपानी योजनाहरू सञ्चालन गर्ने तयारी गरिरहेको छ। पालिकाका अनुसार, यी योजनाहरू पूरा भएपछि करिब ९० प्रतिशत घरधुरीमा प्रत्यक्ष रूपमा खानेपानीको सुविधा उपलब्ध हुनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *