कचनकवलमा खोरेत उन्मूलन अभियान सुरु, १५ हजार गाईभैँसीलाई निःशुल्क खोप लगाउने लक्ष

कचनकवल – कचनकवल गाउँपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाले गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि खोप अभियान सुरु गरेको छ।

खोरेतका कारण किसानले सहनु परेको आर्थिक क्षति कम गर्दै पशुधन सुरक्षित बनाउने लक्ष्य राखेको शाखाले जनाएको छ।

EPIC EPIC EPIC

पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख हेमराज पौडेलका अनुसार अभियान कार्तिक २८ (आज) देखि मङ्सिर १८ गतेसम्म कचनकवल गाउँपालिका भरीका सातैवटा वडामा खोप कार्यक्रम सञ्चालन हुनेछ।

पशु स्वास्थ्य प्राविधिक टोली(खोपकर्ता) ले किसानकै गोठमै पुगेर निःशुल्क खोप सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। आवश्यक सम्पूर्ण परिमाणको खोप वितरण भइसकेको शाखाले जानकारी दिएको छ।

यस अभियानअन्तर्गत प्रत्येक वडामा दुई जना गरी १४ जना पशु स्वास्थ्य प्राविधिक खटाइएको छ। उक्त प्राविधिक टोलीलाई कचनकवल गाउँपालिका, पालिका पशु अस्पतालका प्रमुख डा. दिपक अधिकारीले लगाइने खोपको बारे जानकारी , तरिका, खोप लगाइसकेपछी कहिलेकाहीँ देखिन सक्ने असामान्य लक्षणका बारे प्राविधिकलाई जानकारी गराएका थिए। यसपटक खोप अभियानका दौरानमा १५ हजार गाईभैँसीलाई खोप लगाउने लक्ष्य राखिएको शाखाले जनाएको छ।

खोप अभियानको औपचारिक शुभारम्भ कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले पशु पालक ओम विष्टको गाई फार्ममा गाईलाई माला लगाएर गरेका थिए। कार्यक्रममा कचनकवल–२ का वडाध्यक्ष लेखनाथ खत्रीले अध्यक्षता गरेका थिए। त्यस्तै, कचनकवल–३ का वडाध्यक्ष ग्यास अजमल मियाँ, वडा नं. ६ का वडाध्यक्ष चिन्तामणी खरेल तथा पूर्व पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख मशिन्द्र यादवले पहिलो औपचारिक खोप लगाउँदै अभियान प्रारम्भ गरिएको थियो।

कोशी प्रदेश सरकारले प्रविधि अनुकूल प्रणालीमार्फत खोप अभियानलाई डिजिटल बनाएको छ। खोप लगाइएका कृषक तथा पशुको विवरण अनलाइन सफ्टवेयरमा दर्ता गरिएको छ र किसानलाई खोप कार्ड प्रदान गरिँदै छ। यसले प्राविधिकलाई फिल्डमा काम गर्न सहज हुनुका साथै किसानलाई आफ्नो विवरण जुनसुकै बेला निरीक्षण गर्न सहयोग पुग्ने अधिकारीहरूले बताएका छन्। यस खोप अभियान अन्तर्गत वर्षमा दुई पटक लगाइने योजना रहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *