कचनकवलमा गोमन सर्पको टोकाइबाट बालिकाको मृत्यु

कचनकवल। झापाको कचनकवलमा विषालु सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।

मंगलबार साँझ ५:३० बजेको समयमा कचनकवल ३ स्थित बडो केचना घर भएका हरि राजवंशीकी अन्दाजी १२ वर्षीया छोरीलाई घरको भण्डार कोठा भित्रको टेबल  निकाल्ने क्रममा विषालु सर्पले टोकेको थियो।

EPIC EPIC EPIC EPIC EPIC

बालिकालाई बनियानी सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्वर्णिम शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत ती बालिका परीक्षाको तयारीका लागि टेबल निकालेर पढ्न लागेकी थिइन् । बालिकालाई टोकेको कालो गोमनलाई भण्डार कोठा सफा गरी मारिएको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *