कचनकवलमा घर फोडेर चोरी गर्ने पाँच जना भारतीय नागरिक पक्राउ

झापा: झापाको कचनकवल गाउँपालिकामा घर फोरी नगद तथा गरगहना चोरी गरेको आरोपमा पाँच जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। चोरी भएको केही समयमै खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
मंगलबार मध्यान्ह कचनकवल गाउँपालिका-१, झकुवा टोल बस्ने चम्फा राजबंशीको घरबाट १५ तोला चाँदीको पाउजु, कम्मरकोष र नगद १५ हजार रुपैयाँ चोरी भएको थियो। सोही स्थानकी मञ्जु राजबंशीको घरको बाकस फोरेर ६ हजार रुपैयाँ नगद पनि चोरी भएको प्रहरीले जनाएको छ।


चोरी भएपश्चात् प्रहरीले तत्काल खोजी सुरु गरेको थियो। खोजी गर्ने क्रममा भारत, देउघर जिल्ला, मार्गोमुन्दा थाना, बर्सतिया गाउँ बस्ने १८ वर्षीया खुस्बु मल्हर, २२ वर्षीया कुशो देवी मल्हर, २० वर्षीया मनिशा मल्हर, १० वर्षीय छोटु मल्हर र ८ वर्षीया शिवानी मल्हरलाई पक्राउ गरिएको छ। उनीहरुको साथबाट नेपाली नगद १५ हजार रुपैयाँ र भारतीय १४० रुपैयाँ पनि बरामद भएको छ।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरी चौकी पथरिया र प्रहरी चौकी घेराबारिको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुलाई हाल प्रहरी चौकी पथरियाको कार्यालयमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *