कचनकवल। कचनकवल ७ स्थित दिपज्योती सामुदायिक बन समितिले कृत्रिम ९ उपभोक्ता खडा गरी काठ बेचेको पाइएको छ।
आर्थिक अवस्था कमजोर रहेका आसारी राजवंशी लगायत ९ व्यक्तिहरुको नाममा ७५ किवी काठ बेचेको पाइएको हो।
चण्डी भट्टामा रहेको काठ चिराउने मिलमा सखुवाका ३ गोला नक्कली उपभोक्ताको नाममा वरामद भएपछि घटना बाहिरिएको हो।
अर्को एक घटनामा बालुबाडीको चक्र राजवंशीले ५किवी काठ २४०० का दरले र अन्य करसहित १ लाख ५० हजार बुझाएकोमा उनलाई ७०० रुपैयाको दरले ३९ हजार मात्र को बिल दिएको पाइएको छ।
यस विषयमा पिडितले गाउँपालिकामा बुधबार छनविनका लागि निवेदन दिएको र उपभोक्ता समितिलाई पत्र पठाउँने तयारी भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो।