कचनकवलमा पुराणको खाना खाँदा १६ जना फुडपोइजनबाट बिरामी

झापा— झापाको कचनकवलमा पुराणको खाना खाएपछि १६ जना फुडपोइजन भएर बिरामी परेका छन्। बिरामी परेकाहरूलाई बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

स्वास्थ्य केन्द्रका डा. दिपेन राजवंशीका अनुसार बिरामीमध्ये बालबालिकादेखि वृद्धवृद्धासम्म छन्। विषाक्त खाना खाँदा उनीहरूमा वान्ता हुने, झाडापखाला लाग्ने, पेट पोल्ने र उच्च ज्वरो आउने लक्षण देखिएको छ। साथै, बिरामीहरूमा इन्टापमिवा हिस्टोलाइटिका नामक कीटाणु पनि फेला परेको उनले जानकारी दिए।

EPIC EPIC EPIC EPIC EPIC

डा. राजवंशीले अधिकांश बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको बताए। तर, प्राथमिक स्वास्थ्य केन्द्रमा बेड तथा जनशक्ति अभावका कारण उपचारमा केही असहज भएको उनले उल्लेख गरे।

कचनकवल गाउँपालिका-६ बनियानी निवासी पशुपति दाहालको वार्षिकीको अवसरमा आयोजित पुराणमा सहभागी आफन्त र छरछिमेकीहरूले प्रसाद खाएका थिए। सोही प्रसाद सेवन गरेपछि उनीहरू फुडपोइजन भएर बिरामी परेका हुन्। बिरामीको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *