Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा प्रथम ताराबन कप असोज १४ गतेदेखि

बनियानी। ताराबन युवा परिवार कचनकवल-७ को आयोजनामा प्रथम तारावन कप अन्तर क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिता आगामी असोज १४ गतेबाट शुरू हुने भएको छ। झापा जिल्लाका १२ वटा क्लबहरूको सहभागिता रहने, यस प्रतियोगितामा प्रथम पुरस्कारको राशि ४० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने खेल समितिका अध्यक्ष सरण राइले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्।

प्रतियोगिताका खेलहरू दीपज्योति सामुदायिक वनको खेल मैदानमा हुने छन्। खेलको उद्देश्य समाजमा लागुपदार्थ दुर्व्यसनको न्यूनीकरणतर्फ ध्यान केन्द्रित गर्नु रहेको आयोजक समितिले जनाएको छ। समितिका सचिव दिलबहादुर पौडेलले प्रतियोगिताले खेलकुदप्रति युवाहरूको आकर्षण बढाउँदै सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
3
+1
1
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *