कचनकवलमा बागवानी आई.पि.एम कृषक पाठशाला समापन समारोह तथा कृषक दिवस सम्पन्न

1685668971601


कचनकवल।  कृषी ज्ञान केन्द्र झापाको चालु आर्थिक बर्ष ७९/८० मा सञ्चालित बागवानी आई.पि.एम कृषक पाठशाला समापन समारोह तथा कृषक दिवस हिजो कचनकवलमा सम्पन्न भएको छ। 

कचनकवल ४ फेर्कागाछीमा हरित कृषक समूहलाई लक्षित गरी १८ हप्ता देखी सञ्चालित खोर्सानी आई.पि.एम तालिम जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टको प्रमुख आतिथ्यमामा सम्पन्न भएको हो। त्यस्तै विशेष अतिथिमा  नौलो भविष्य साना किसान कृषि सहकारी संस्थाकी प्रबन्धक भगिरथा प्याकुरेल रहेकी थिइन्। 

EPIC EPIC EPIC EPIC EPIC

धान सुपर जोन जिल्ला सदस्य दुर्गा खत्री कार्यक्रमको अतिथि रहँदै गर्दा उनले उक्त कार्यक्रमको औचित्य बारे प्रकाश पारेका थिए। 

received 1719866508464903.jpeg

कार्यक्रममा बोल्दै नौलो भविष्य कृषि सहकारी संस्थाकी प्रबन्धक भगिरथा प्याकुरेलले आफू सधैं किसानहरूको हितमा लागिपर्ने बताउँनुभयो। हाल सञ्चालनमा रहेको दूध चिस्यान केन्द्र कचनकवल ६ बनियानीमा रहेको चिस्यानमा कचनकवल ४ का गाई पालकहरुले दूध बिक्री गरी राम्रो आम्दानी गरिरहेको बारे उनले कृषकलाई धन्यवाद समेत व्यक्त गरिन्। 

कचनकवल ४ ले मात्र दुध बिक्री गरेर मासिक ६ लाख भन्दा बढी आम्दानी गरि रहेकोसमेत उनले बताइन्। 

आगामी दिनहरुमा स्वरोजगार कार्यक्रम मार्फत कचनकवलका किसानलाई सहुलियतका रुपमा ऋण समेत उपलब्ध गराउने समेत उनले प्रतिबद्धता व्यक्त गरिन्।

1685668984472
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *