Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा ‘बाल विवाह रोकथाममा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कचनकवल। किशोरी सशक्तीकरण कार्य समिती श्री महेन्द्र रत्न मावि, कचनकवल-४को आयोजनामा शुक्रबार “बाल विवाह रोकथाममा विद्यार्थीको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भभएको छ। प्रतियोगितामा कचनकवल गाउँपालिकाका ९ विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो।

प्रतियोगितामा महेन्द्र रत्न माविकी छात्रा नमिका गणेशले प्रथम स्थान हासिल गर्दै नगद तीन हजार र प्रमाणपत्र प्राप्त गरिन्। द्वितीय स्थानमा स्वर्णिम शिक्षा सदनकी रचना राजवंशीले रु दुई हजार र प्रमाणपत्र प्राप्त गरिन् भने तृतीय स्थानमा कचनकवल विद्या मन्दिरका खञ्जन राजवंशीले रु एक हजार र प्रमाणपत्र प्राप्त गरिन्। सान्त्वना पुरस्कार पथरिया माविकी मल्लिका धामीलाई रु ५०० र प्रमाणपत्र प्रदान गरिएको थियो।

EPIC EPIC EPIC

प्रतियोगिताको पुरस्कार वितरण कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, वडा नं. ४ का वडाध्यक्ष नुरजमा मियाँ, गाउँ कार्यपालिका सदस्य उमाशंकर गणेश, र महेन्द्र रत्न माविका प्रधानाध्यापक मोहन प्रसाद सिंह राजवंशीले गरेका थिए।

कार्यक्रमको संयोजन समितिकी संयोजक लक्ष्मी राजवंशीले गरेकी थिइन्। प्रमुख अतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी र विशिष्ट अतिथि उपाध्यक्ष नवराज भट्टराई थिए। त्यस्तै, अतिथिहरु कचनकवल ४ वडाध्यक्ष नुरजमा मियाँ, वडा नम्बर ४ का वडा सदस्य मुस्तकोमा मियाँ, पि.टि.ए. सदस्य जमिर मियाँ लगायत कार्यक्रममा सहभागी विद्यालयका शिक्षकहरु पनि उपस्थित थिए।

कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले पुरस्कार वितरणको क्रममा बाल विवाहको गम्भीरतामाथि प्रकाश पार्दै भने, “आज समाजको अभिसापको रुपमा रहेको बाल विवाहले हाम्रो समाजलाई ठूलो असर पुर्याइरहेको छ। यो देशलाई एउटा समुन्नत राष्ट्र बनाउनका लागि बालबालिकाको भूमिका अत्यन्त महत्वपूर्ण छ। आज हामीले यहाँहरुलाई बालबालिकाको रुपमा देखिरहेका छौं, तर भोलि तपाईहरु नै यो देशको नेतृत्व गर्ने, चाहे त्यो गाउँपालिकाको सन्दर्भमा होस्, चाहे राज्यका विभिन्न निकायमा होस्। तपाईहरुले शिक्षक, शिक्षिका लगायत राज्यका विभिन्न क्षेत्रमा जिम्मेवारी बहन गर्नुपर्छ। साना बालबालिका नै भविष्यका सुन्दर फूलहरु हुन्। यहाँहरुले आफ्नो प्रस्तुतिहरुमा बाल विवाहको सन्दर्भमा यसले समाज र राष्ट्रको विकासमा पारेको असरको बारेमा सटिक ढंगले जवाफ दिनुभएको छ।”

उनको मन्तव्यले कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई बाल विवाहको समस्या र यसको समाधानप्रति थप सजग बनाएको थियो।

आयोजक समितिले प्रतियोगिताले बाल विवाह जस्तो गम्भीर सामाजिक समस्याप्रति विद्यार्थीहरुमा चेतना फैलाउने महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

2 Responses

  1. समाचार सम्प्रेषण गरिदिनु भएकाे सम्वादातालाई धेरै धेरै धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *