कचनकवल, साउन २५ । कचनकवल गाउँपालिकाले श्रावण महिनाको अन्तिम सोमबार भुतेश्वर शिवालय मन्दिरमा लाग्ने मेलाको अवसरमा सोमबार (भोलि) स्थानीय सार्वजनिक बिदा दिने भएको छ।
गाउँ कार्यपालिकाको आज बसेको बैठक निर्णयअनुसार, वडा नं. १ स्थित भुतेश्वर मन्दिरमा हरेक वर्षको श्रावण अन्तिम सोमबार मेला लाग्ने परम्पराअनुसार यस वर्ष पनि गाउँपालिका क्षेत्रभित्रका सबै सार्वजनिक कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा मातहतका सरकारी निकायमा एक दिनको बिदा दिने निर्णय गरिएको हो।

 
								 
															

















