कचनकवलमा महिला जनचेतना केन्द्रको राजनीतिक खबरदारी हस्ताक्षर अभियान

झापा – झापाको मेचीनगर नगरपालिकामा रहेको महिला जनचेतना केन्द्रले राजनीतिक खबरदारीका लागि हस्ताक्षर संकलन अभियान सुरु गरेको छ। अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) को तेस्रो वर्ष अनुपम अभियान अन्तर्गत कचनकवल गाउँपालिकामा हस्ताक्षर अभियान सञ्चालन गरिएको हो।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा कचनकवलका विभिन्न राजनीतिक दलका महिला प्रतिनिधिहरू सहभागी भई हस्ताक्षर गरेका थिए। संस्थाकी प्रोजेक्ट को–अर्डिनेटर मनिला उप्रेतीले अभियानलाई “एक हस्ताक्षर मात्र नभई आवाजको हस्ताक्षर” भएको बताइन्।

EPIC EPIC EPIC EPIC EPIC

त्यसैगरी केन्द्रकी अध्यक्ष सीता गुरुङले यो अभियान महिलाको भविष्य र सपना साकार पार्ने अभियान भएको उल्लेख गर्दै सबैलाई एकजुट भएर लाग्न आह्वान गरिन्। उनले २०८४ सालको तीनै तहको निर्वाचनमा महिलालाई अग्रस्थान दिनुपर्नेमा जोड दिइन्।

५ वर्षे अनुपम अभियानको मुख्य लक्ष्य न्यायिक र समतामूलक समाज निर्माणमा टेवा पुर्‍याउनु रहेको छ। यसका लागि पछाडि पारिएका समुदाय र महिलाको आवाज बुलन्द गर्दै उनीहरूलाई राष्ट्रको हरेक तहमा निर्णायक भूमिकामा पुर्‍याउने, आत्मसम्मान र आत्मनिर्भरतामा जोड दिने उद्देश्य लिएको बताइएको छ।

यस वर्ष अभियानले “राजनीतिक खबरदारी” शीर्षकमा देशव्यापी हस्ताक्षर संकलन सुरु गरेको छ। संकलित हस्ताक्षरहरू विभिन्न राजनीतिक दलका कार्यालयमा बुझाइने छन्। साथै, पार्टी राजनीति र संरचनाबारे सामूहिक अध्ययन गर्ने तथा सहभागीलाई राजनीतिबारे स्वअध्ययनमा सक्रिय बनाउने कार्यक्रम अघि बढाइने उल्लेख छ।

अभियानलाई निरन्तरता दिँदै २०२६ मार्चमा पद्मालय, नवलपुरमा आयोजना हुने राष्ट्रिय भेटसम्म देशभरका जिल्लाबाट संकलित हस्ताक्षर दलका कार्यालयमा बुझाउने योजना रहेको आयोजकहरूले जनाएका छन्।

कार्यक्रम सञ्चालन सामाजिक परिचालक खञ्जन राजवंशीले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *