कचनकवलमा मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर सम्पन्न


कचनकवल — अपाङ्गता भएका व्यक्तिहरूको मानसिक तथा मनोसामाजिक स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले कचनकवल गाउँपालिकामा विशेष स्वास्थ्य शिविर सम्पन्न भएको छ।

सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, कचनकवल गाउँपालिका र करुणा फाउन्डेसन नेपालको त्रीपक्षीय साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम (DPRP) अन्तर्गत आयोजित उक्त शिविरमा २६ जना सेवाग्राहीले परामर्श तथा उपचार सेवा लिएका छन्। शिविरमा राष्ट्रिय अपाङ्ग महासंघले प्राविधिक सहयोग पुर्‍याएको थियो।

EPIC EPIC EPIC EPIC EPIC

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा कचनकवलको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र, बनियानीमा सम्पन्न उक्त शिविरमा सहभागी हुनुअघि सीबीआरएफ टोलीद्वारा सञ्चालन गरिएको पहिचान अभियानमार्फत ६० जना व्यक्तिमा थप मनो–परामर्श आवश्यक रहेको देखिएको थियो। ती व्यक्तिहरूलाई लक्षित गर्दै विशेषज्ञद्वारा मनो–परामर्श तथा उपचार सेवा प्रदान गरिएको हो।

शिविरमा सहभागी हुन नसक्ने विरामीहरूलाई घरमै गएर सेवा उपलब्ध गराउने योजना रहेको गाउँपालिकाले जनाएको छ।

शिविरमा भद्रपुरस्थित ओम साईँ पाथीभरा अस्पतालका नसा तथा मानसिक रोग विशेषज्ञ डा. सन्दर्भ अधिकारी र क्लिनिकल मनोविध सरस्वती मिश्रले सेवा प्रदान गरेका थिए।

कार्यक्रमको निरीक्षण गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी ,।उपाध्यक्ष नवराज भट्टराई र प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलले गर्नुभएको थियो। शिविर सफल बनाउन करुणा फाउन्डेसन नेपालकी पालिका संयोजक अञ्जना लामिछानेले योजना तयारीदेखि प्रतिवेदन निर्माणसम्म प्राविधिक सहयोग पुर्‍याउनुभएको थियो।

शिविर समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलले मानिसको समग्र स्वास्थ्यमा मानसिक स्वास्थ्यको स्थान सबैभन्दा उच्च रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “मानिसको वास्तविक तन्दुरुस्ती उसले कसरी सोच्दछ, कसरी महसुस गर्छ र कसरी व्यवहार गर्छ भन्ने कुराले निर्धारण गर्छ। देखिने चोटपटकको उपचार सजिलो हुन्छ, तर नदेखिने मानसिक घाउहरू कहिलेकाहीँ जीवनभर बोकिन सक्छन्। त्यसैलेiआवश्यकता हो।”

महिला शाखा प्रमुख सुनिता दाहालले शिविरको उद्देश्य “अपाङ्गता भएका व्यक्तिहरूको उपचारमा थप सहयोग पुर्‍याएर उनीहरुको जीवनयापन गर्न सहज बनाउनु रहेको बताउनुभयो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *