Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा मुखको क्यान्सर स्क्रीनिङ र अभिमुखिकरण कार्यक्रम

img 20230531 wa0000

कचनकवल। कचनकवल स्वास्थ्य शाखा र नेपाल अर्बुद रोग निवारण संस्थाको आयोजना तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा बुधबार(आज) मुखको क्यान्सर सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न गर्दै दिवस मनाइएको हो।

img 20230531 wa0007

बिहान ८ बजेदेखि १० बजेसम्म नेपाल क्यान्सर समाजका सभापति अम्बिका ढकालको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको हो।

EPIC EPIC EPIC

कार्यक्रममा प्रमुख अतिथि कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई रहेका थिए।
त्यस्तै अतिथिमा कचनकवल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादव, स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट महेश नेपाल, नेपाल अर्बुद रोग निवारण संस्थाका सचिव माधव घिमिरे र संस्थाका सदस्य सिता श्रेष्ठ, पूर्वाञ्चल क्यान्सर अस्पतालका बजार व्यवस्थापक गोविन्द खनाल एवं खेम घिमिरे र स्वास्थ्य चौकी केचनाका अहेव घनश्याम यादव।
कार्यक्रमको सहजीकरण पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डाक्टर बिरेन्द्र यादवले गरेका थिए।

त्यस्तै दोस्रो चरणमा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा मुखको क्यान्सरको निशुल्क स्क्रिनिङ शिविर प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा सञ्चालन भएको थियो।
कचनकवल गाउँपालिकाका अध्यक्ष एवं शिविरका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले आफ्नो मुखको स्क्रिनिङ गरी कार्यक्रमको उद्घाटन गरिएको थियो।

img 20230531 wa0010

शिविरमा कचनकवलका ४२ जना स्थानीयले सेवा लिएका थिए।

img 20230531 wa0006
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *