Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा मेलमिलापकर्ताहरुका लागि तीनदिने पुनर्ताजगी तालिम

बनियानी। कचनकवल गाउँपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम सुरु भएको छ। गाउँपालिकामा सूचिकृत भएका ३७ जना मेलमिलापकर्ताका लागि तीनदिने तालिम आयोजना गरिएको हो। 

कचनकवल गाउँपालिकाको सभाहलमा आज भएको उद्घाटन सत्रमा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्यता तथा न्यायिक समितिका संयोजक एवं कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको अध्यक्षता रहेको थियो। 

EPIC

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजवंशीले यस तालिमले मेलमिलापकर्ताको अधिकार क्षेत्रमा रहेर विवाद समाधान गर्न थप क्षमता वृद्धि हुने बताउँनुभयो। साथै उहाँले समाजका द्वन्द्व कम हुने अपेक्षासहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भयो। 

कार्यक्रममा बोल्दै उपाध्यक्ष नवराज भट्टराईले, कचनकवल गाउँपालिकाको न्यायिक समिति सफल हुनु र लिजामा समेत शतप्रतिशत अङ्क प्राप्त गर्नुमा मेलमिलापकर्ताको ठुलो हात रहेको छ। उनले भने “पछिल्लो समय मुद्दाको चाप बढेसँगै थप जिम्मेवार भएर काम गर्नु पर्ने आवश्यकता माथि जोड दिनुपर्ने छ।”

तालिममा मानव अधिकार मञ्च इलामका सहजकर्ता याम कुमार माबो लिम्बू र सन्तोष मगरले सहजीकरण गर्नु हुने छ। 

कार्यक्रममा न्यायिक समिति सदस्य बबिता काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रम सञ्चालन उमेश मिश्रले गरेका थिए। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *