कचनकवलमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री गम्भीर घाइते

झापा, असोज १७। झापाको कचनकवल गाउँपालिका २ बाँगाडाँगीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री गम्भीर घाइते भएका छन्।

शुक्रबार साँझ प्रदेश १–०१–०१३ प ८०६२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा कचनकवल–२ सुकुनाडिगीका चित्रबहादुर थापा गम्भीर घाइते भएका हुन्। मोटरसाइकल चालक कचनकवल–६ का पवन राजवंशी पनि दुर्घटनामा घाइते भएका छन्।

EPIC EPIC EPIC EPIC EPIC EPIC

इलाका प्रहरी कार्यालय बनियानीका अनुसार घाइते दुबै जनाको अनुहार र टाउकोमा चोट लागेको छ। उनीहरूलाई तत्काल उद्धार गरी भद्रपुरस्थित ओम साइँ पाथीभरा अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *