झापा, असोज १७। कचनकवल–२ बाँगाडाँगीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री गम्भीर घाइते भएका छन्।
ठक्कर दिने मोटरसाइकल चालक कचनकवल–६ का पवन राजवंशी पनि घाइते भएका छन्। उनको अनुहार र टाउकोमा चोट लागेको प्रहरीको भनाइ छ।
शुक्रबार साँझ प्रदेश १–०१–०१३ प ८०६२ नम्बरको मोटरसाइकलले कचनकवल–२ सुकुनाडिगीका ५२ वर्षीय चित्रबहादुर थापालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ।
दुर्घटनापछि दुवैजनालाई तत्काल उद्धार गरी भद्रपुरस्थित ओम साईँ पाथीभरा अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थापालाई भने थप उपचारका लागि बिर्तामोडस्थित विएण्सी अस्पताल रेफर गरिएको छ।