कचनकवल गाउँपालिका, वडा नं. ७ मा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने कार्य तीव्र गतिमा भइरहेको छ। अहिलेसम्म उक्त वाडामा ८०० भन्दा बढी व्यक्तिहरूको फोटो खिचिसकिएको छ। यस कार्यको व्यवस्थापनका लागि फिल्ड कर्मचारी सागर अधिकारी संलग्न रहेका छन्। अधिकारीका अनुसार, यो प्रक्रिया केही दिन थप निरन्तर रहने अधिकारीले बताए।
यसैबीच फोटो खिच्ने कामको अनुगमनमा पुगेका कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले उक्त कार्यलाई ढिला नगरी छिटो सम्पन्न गर्नका लागि सबै समन्वय गरिरहनुपर्ने महत्त्वपूर्णतामा जोड दिएका छन्। अध्यक्षले भने, “जनताको सुविधा र सेवामा कुनै प्रकारको ढिलाइ हुनुहुँदैन। यो कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु हाम्रो प्राथमिकता हो।” उनले सबै कर्मचारीहरूलाई कामलाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि निर्देशन दिएका छन्।



















