मनिष बराल ।
राष्ट्रिय स्वतन्त्र पार्टीको विभिन्न पालिकामा समिति बिस्तार गर्ने क्रममा आज दक्षिणी झापाको कचनकवल गाउँपालिकामा पालिका स्तरीय समिति गठन भएको छ ।
कचनकवल गाउँपालिका ६ बनियानी स्थित सामुदायिक भवनको प्राङ्गणमा कार्यक्रमको आयोजना गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाईँको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा स्थानीयहरूको बाक्लो उपस्थिति थियो ।

स्थानीय युवाहरूको आयोजनामा संचालन भएको प्रथम कचनकवल गाउँपालिका भेलाबाट कचनकवल ६, बनियानीका पदम सिटौला सभापति, वर्षा खतिवडा उपसभापति, पथरियाका केशव लुँइटेल सचिव, युवराज घिमिरे सहसचिव, डम्बर कुमार खतिवडा कोषाध्यक्षमा निर्विरोध चयन भएका छन्।
सदस्यमा चन्दन साह, कुमार घिमिरे, भूमिका अधिकारी, तिलक सिंह राजवंशी, चन्द्र शंकर अधिकारी, चन्द्र प्रसाद राजवंशी सहित एघार सदस्यीय समिति गठन भएको हो।

रा.स्व.पा कचनकवल ६ नम्बर वडाको वडा कमिटीको संयोजकमा १९ वर्षकी सलिना चम्लागाईँ निर्विरोध चयन भएकी छिन्। त्यस्तै, ५ नं वडाको वडा कमिटीको संयोजकमा रबिलाल राजवंशी र २ नं वडाको वडा कमिटि संयोजकमा तारा प्रसाद भण्डारी चयन भएका हुन् ।
त्यस्तै संगठन विभाग प्रमुख तिलक सिंह राजवंशी, संगठन विभाग सचिव मन्जुर मियाँ, आर.ए.टी संयोजकमा निरज दाहाल, सहसंयोजकमा गोपाल लामीछाने र सदस्यमा देवराज शिवाकोटी चयन भएका हुन् ।