Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा रोजगार रणनीति तर्जुमाको लागि संवाद तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

कचनकवल। कचनकवल गाउँपालिकामा रोजगार रणनीति तर्जुमाको लागि संवाद तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

बुधबार रोजगार शाखाको आयोजनामा गाउँपालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रममा कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको उपस्थितिमा सम्पन्न भएको हो।

EPIC EPIC

कार्यक्रममा कचनकवल पालिकामा स्थानीय तहको रोजगारी (स्वरोजगार सहित) अभिवृद्धिका लागि सरोकारवालाको धारणा तथा सङ्कलन प्रश्नावलीको माध्यमबाट छलफल गरिएको रोजगार शाखाकी संयोजक सन्जु ढकालले बताउनुभयो। ढकालका अनुसार, यस छलफलले रोजगारको रणनीति तर्जुमा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

गाउँपालिकाका अध्यक्षले कार्यक्रमको उद्घाटन गर्दै सरोकारवालाको सुझाव तथा प्रतिक्रियालाई विशेष ध्यानमा राखी काम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले सबैको सहयोग र सहभागिताले मात्र गाउँपालिकामा दिगो र प्रभावकारी रोजगार रणनीति तर्जुमा गर्न सम्भव हुने धारणा व्यक्त गर्नुभयो। अध्यक्षले स्थानीय तहमा स्वरोजगारको सम्भावना र यसका फाइदाहरू बारे पनि चर्चा गर्नुभयो।

गाउँपालिका उपाध्यक्ष भट्टराईले सरोकारवालाहरूलाई रोजगार सम्बन्धी व्यापक रणनीति योजना बनाउनुपर्ने बताए। उनले कचनकवल गाउँपालिकाभरि रहेको तथ्याङ्क, रोजगारदाताहरू र विशेष गरी चिया श्रमिकको ठूलो रोजगारीलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन्। भट्टराईले इँटाभट्टाका श्रमिकहरूको बारेमा पनि बोल्दै, भारतबाट श्रम स्वीकृति नलिई ठूलो सङ्ख्यामा श्रमिकहरू आउने गरेको र यसलाई नियममा ल्याउनुपर्ने बताए। साथै, आफ्नै पालिकाका मानिसलाई इँटाभट्टामा काम गर्ने शिप प्रदान गरी उक्त काममा लगाउने कुरामा जोड दिएका छन्।

उपाध्यक्ष भट्टराईले रोजगार शाखालाई पालिका भित्रका रोजगारदाता तथा श्रमिकहरूको तथ्यांक अद्यावधिक गरी राख्नुपर्ने बताए। उनले विशेष गरी कृषि, चिया उद्योग, र इँटाभट्टा क्षेत्रमा श्रमिकहरूको स्थिति र समस्या समाधानका लागि आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन्। उनले पालिकाको आर्थिक विकासमा रोजगारको भूमिका महत्त्वपूर्ण हुने भएकाले सबै सरोकारवालाले मिलेर काम गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले पनि आफ्ना विचार र सुझाव राख्दै रोजगार अभिवृद्धिका लागि सम्भाव्य रणनीतिहरू प्रस्तुत गरेका थिए। सबैको सहमति र सहभागिताले कचनकवल गाउँपालिकामा रोजगार रणनीति तर्जुमा गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

0 Responses

Leave a Reply

Your email address will not be published. Required fields are marked *