कचनकवलमा लागूपदार्थ नियन्त्रणका लागि ‘दुर्व्यसनविरुद्ध आमाहरू’ अभियान

  • नबिन उप्रेती

बनियानी – झापाको कचनकवल गाउँपालिकाले ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘दुर्व्यसनविरुद्ध आमाहरू’ अभियान अन्तर्गत लागूपदार्थ दुर्व्यसन नियन्त्रणका लागि आमा सशक्तीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

यस अभियान अन्तर्गत गाउँपालिकाले (भोलि) शुक्रबार बिहान ११ बजे गाउँ कार्यपालिकाको सभाहल, बनियानीमा कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा सम्पूर्ण स्वास्थ्य स्वयंसेविका, शिक्षिका, सामाजिक अगुवालगायतलाई सहभागिता जनाउन कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले अनुरोध गरेका छन्।

EPIC EPIC EPIC

हालका दिनमा युवामा लागू पदार्थ दुर्व्यसनको समस्या बढ्दै गइरहेको छ, जसले आत्महत्या, आपराधिक गतिविधि तथा सामाजिक विकृति निम्त्याइरहेको छ। यस समस्यालाई न्यूनीकरण गर्न कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले ‘दुर्व्यसनविरुद्ध आमाहरू’ कार्यक्रम प्रारम्भ गरेको हो। आमाहरू आफ्ना बालबालिकासँग प्रत्यक्ष रूपमा जोडिने भएकाले उनीहरूलाई सचेत बनाएर लागू पदार्थ नियन्त्रण गर्ने उद्देश्यले यो अभियान थालनी गरिएको हो।

उक्त कार्यक्रम दुई चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणमा गाउँपालिका स्तरको वृहत कार्यक्रम आयोजना हुनेछ भने दोस्रो चरणमा लागू पदार्थ दुरुपयोगका दृष्टिले बढी प्रभावित १० स्थानमा आमाहरूलाई सहभागी गराई सचेतनामूलक कार्यक्रम गरिनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *