Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत शिक्षकहरूसँग अन्तरक्रिया कार्यक्रम

कचनकवल। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको दोस्रो दिन(आज) कचनकवल गाउँपालिकामा शिक्षकहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। SNJD र कचनकवल गाउँपालिकाको सहकार्यमा तथा LWF को आर्थिक सहयोगमा आयोजित कार्यक्रममा कचनकवलका विभिन्न विद्यालयका शिक्षक-शिक्षिका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

कार्यक्रमको मुख्य उद्देश्य शिक्षण संस्थामा लैङ्गिक न्याय प्रवर्द्धन गर्दै सम्भावित हिंसा र भेदभाव न्यूनीकरण गर्ने थियो। छलफलका क्रममा विद्यालयस्तरीय गुनासो व्यवस्थापन प्रणाली, सुनुवाइ प्रक्रिया, र लैङ्गिक समानताका प्रवर्द्धनका उपायहरूबारे गहन विमर्श भयो। सहभागी शिक्षक-शिक्षिकाले आफ्नो अनुभव र चुनौतिहरू साझा गर्दै विद्यालयमा लैङ्गिक न्याय सुनिश्चित गर्न ठोस उपायहरू प्रस्ताव गरे।

EPIC EPIC EPIC


कार्यक्रममा सहभागीहरूले विद्यालयमा गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउँदै विद्यार्थी र अभिभावकका समस्याहरू निष्पक्ष रूपमा समाधान गर्न जोड दिए। उनीहरूले शिक्षण संस्थामा लैङ्गिक हिंसा रोकथामका लागि शिक्षक-शिक्षिकालाई विशेष प्रशिक्षणको आवश्यकता रहेको औंल्याए।


कार्यक्रमले विद्यालयस्तरीय मात्र नभई समुदायस्तरमा पनि लैङ्गिक हिंसा न्यूनीकरण र लैङ्गिक समानता प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सहभागी शिक्षकहरूले विद्यालयमा छात्र-छात्रा, अभिभावक, र शिक्षकबीच समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिए।
गाउँपालिकाकाकी शिक्षा शाखा प्रमुख मनिता बरालले संस्थालाई सुरक्षित, न्यायपूर्ण, र समावेशी बनाउन दीर्घकालीन योजना तयार गर्ने प्रतिबद्धता जनाइन्। उनीहरूले यस्तो अभियानलाई निरन्तरता दिँदै शिक्षण संस्थाहरूमा लैङ्गिक समानतासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने बताइन्।

कार्यक्रमको सहजीकरण हेमकुमार खड्का र सृष्टिका भट्टराईले गरेका थिए भने कुमार चुडालले कार्यक्रम सञ्चालन गरेका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले शिक्षक-शिक्षिका र समुदायलाई लैङ्गिक न्याय प्रवर्द्धनमा थप जिम्मेवार बनाउने विश्वास गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *