कचनकवलमा विद्यार्थीलाई कानूनी सचेतना प्रदान

नवीन उप्रेती।
झापा। झापाको कचनकवल गाउँपालिकामा मावि तहका विद्यार्थीलाई कानूनी सचेतना प्रदान गरिएको छ।

कचनकवल गाउँपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित यस कार्यक्रममा विद्यार्थीलाई कानुनसम्बन्धी विविध जानकारी दिइएको हो । कार्यक्रमका सञ्चालक उमेश मिश्रका अनुसार सचेतना कार्यक्रममा कक्षा ११ र १२ का १५० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । 

EPIC EPIC EPIC EPIC EPIC

सोमबारदेखि सुरु भएको कार्यक्रममा पहिलो दिन कचनकवल–६ का लक्ष्मी माविमा कानूनी सचेतना दिइएको थियो भने आज कचनकवल–२ स्थित लक्ष्मीप्रसाद देवकोटाका विद्यार्थीलाई कानूनको महत्व, मुलुकी फौजदारी कानून, कानूनको प्रक्रिया, न्यायिक समितिको क्षेत्राधिकार, मेलमिलाप प्रक्रिया, कसुर र सजाय, तथा लागूऔषध सम्बन्धी कानूनी जानकारी दिइएको छ। 

कार्यक्रममा सहभागी विद्यार्थीहरूले कानुन, ऐन, नियम, तथा नेपालको संविधानसम्बन्धी प्रश्नहरू राखेका थिए। उनीहरूका प्रश्नहरूको जवाफ सर्वोच्च अदालतका उपसचिव तथा प्रमुख प्रशिक्षक राजन सुवेदीले दिएका थिए भने इलाका प्रहरी कार्यालय बनियानीका बरिष्ठ प्रहरी नायब निरीक्षक तथा प्रशिक्षक प्रवीण भट्टराईले कानुनी जानकारीसहित थप सम्बोधन गर्नुभएको थियो। 

कार्यक्रमका सभापति तथा कचनकवल गाउँपालिका न्यायिक समितिका संयोजक नवराज भट्टराईले बाल हिंसा, लैङ्गिक हिंसा, जातीय विभेद र अन्य कानुनी नीतिबारे जानकारी दिनुभएको थियो। उहाँले यस्तो कार्यक्रमले विद्यार्थीहरूको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो। 

कार्यक्रमका प्रमुख अतिथि कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशीले पालिकाको न्यायिक समिति मार्फत सहज रुपमा न्याय निरुपण भइरहेको बताउँदै विद्यार्थीलाई कानूनका बारेमा जानकार गराएर सचेत नागरिक बन्नका लागि कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा न्यायिक समिति सदस्य भरत राजवंशी र बबिता काफ्ले, वडा नं. २ का वडाध्यक्ष लेखनाथ खत्री, वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि खरेल, विद्यालय व्यवस्थापन समिति तथा शिक्षकशिक्षिकाहरू उपस्थिति रहेको थियो । सोमबार भएको प्रशिक्षण कार्यक्रममा उजुरी प्रशासक सरला लुइँटेलले स्वागत गर्नुभएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *