कचनकवल। कचनकवलको एक घरमा आगलागी भइ सिलिन्डर विस्फोट हुँदा दुई लाख बराबरको क्षति भएको छ ।
कचनकवल गाउँपालिका ६ का टेकलाल राजवंशीको एक तले काठ, बास र टिनको छानो भएको भान्सा घरमा आगलागी भएको थियो । घरमा एक्कासि विद्युतको तार सट भई घरमा आगलागी भएर सिलिन्डर विस्फोट भएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ ।
स्थानीयको सहयोगमा घरमा लागेको आगो ४० मिनेटपछि प्रहरी स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । आगो नियन्त्रण आए पनि भान्सा घर भित्र रहेका अन्नपात, भाँडाकुँडा लगायतका सामाग्री पूर्णरुपमा जल्दा २ लाख बराबरको क्षति भएको छ। उक्त घटनामा मानवीय तथा चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।



















