कचनकवलमा विपद् व्यवस्थापन सम्बन्धि छलफल

कचनकवल। मनसुनको प्रभाव बढेसँगै झापाको कचनकवल गाउँपालिकाको विपद् व्यवस्थापन समितिको आज बैठक बसकेको छ ।

विपद व्यवस्थापन सम्बन्धी छलफल गर्न आज सरोकारावाला निकायहरुसँग बैठक बसेको हो । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले विपदको सामना कसरी गर्ने, क्षति न्यूनीकरणका विषयमा छलफल केन्द्रित भएको बताउनुभयो । उहाँले राहत वितरणका समन्दर्भमा समेत छलफल भएको बताउनुभयो ।

EPIC EPIC EPIC EPIC EPIC

गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले डुबान र बाढीको उच्च जोखिम भएको पालिका भएकाले बाढी प्रवावित क्षेत्र पहिचान गर्ने र एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

छलफलमा कचनवल–१ का वडाध्यक्ष महावीर लिम्बू, ५ का वडाध्यक्ष नूर आलम, ४ का कार्यवाहक वडाध्यक्ष मुस्तकोमा मियाँ, ६ का वडाध्यक्ष चिन्तामणि खरेल, ३ का वडाध्यक्ष ग्याँस अजमल, ७ का वडाध्यक्ष भारत राजवंशी, नेपाल रेडक्रस सोसाइटी कचनकवल ४ का सभापति हारुन रसिद, बिओपी केचनाका प्रहरी निरीक्षक केशव मैनाली, इलाका प्रहरी कार्यालय दिवस कार्की, प्रहरी चौकी पथरिया डोमी शाह, इलाका प्रहरी कार्यालय केचनाका वीरबहादुर खत्री, प्रहरी चौकी पाठामारीका प्रतिनिधि, प्रहरी चौकी घेराबारीका प्रतिनिधि, लगायतको उपस्थिति रहेको थियो । उहाँहरुले विपद् व्यवस्थापनका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

भोलि वडाले मातहतमा पर्ने प्रहरी चौकी वा बिओपीलाई वडामै बैठक बसेर वडाले निर्णय गरेर पालिकामा पठाउने र पालिकाबाट विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने लाइफ ज्याकेट, टर्चलाइट, फरुवा, ट्युब लगायतका सामग्री सुरक्षा निकायलाई उपलब्ध गराउने जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *