Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा विषालु सर्पको टोकाइबाट महिलाको मृत्यु

कचनकवल। दक्षिणी झापाको कचनकवलमा विषालु सर्प कोब्राको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका- १ निवासी ओमबहादुर दाहालकी श्रीमती अन्दाजी ६५ वर्षीया टिकामाया दाहाल रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहीबार बिहान करिब साढे ११ बजेको समयमा आफ्नै खेतमा काम गरिरहेका बेला कोब्राको सर्पले दायाँ खुट्टामा डसेको थियो । घाइते भएका उनलाई उपचारका लागि सर्प दंश उपचार केन्द्र बनियानी लगिएको थियो ।

EPIC

उपचार केन्द्रमा पुर्‍याउँदासम्म उनको शरीरमा विष फैलिसकेको थियो । उनको शरीरमा अक्सिजनको मात्र पनि कम भइसकेको थियो । त्यहाँका चिकित्सकले उनलाई बचाउन १० वटा एन्टी स्नेक भेनम प्रयोग गरेका थिए । अवस्था झन् गम्भीर बन्दै गएपछि केन्द्रमा भ्यान्टिलेर नहुँदा उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेर्फर गरिएको थियो ।

उनको उपचारको क्रममा बीएण्डसी अस्पतालमा दिउँसो १ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *