कचनकवलमा शान्ति सुरक्षा र सहजीकरणका लागि नागरिक समाज गठन

कचनकवलमा नागरिक भेलाले सामाजिक सहजीकरणका लागि नागरिक समाज गठन गर्दै प्रहरी कार्यालय सञ्चालन, फोहोर व्यवस्थापन, बजार सरसफाइ र शान्ति सुरक्षाबारे चार बुँदे निर्णय गरेको छ।

कचनकवल। हालको सामाजिक अन्योलता र शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्न आइतबार कचनकवल ६ स्थित बनियानीमा मोती राजवंशीको संयोजकत्वमामा उपस्थित भेलाले नागरिक समाज गठनसहित चार बुँदे प्रस्ताव पारित गरेको छ।

भेलाले बिष्णु घिमिरेको संयोजकत्वमा नागरिक समाज गठन गरेको छ। समितिमा रबि चन्द्र ओझा सचिव, सरोज लामिछाने सह–सचिव, धनबहादुर तामाङ कोषाध्यक्ष तथा हरि बस्नेत लायजन अफिसर रहेका छन्।

EPIC EPIC EPIC EPIC EPIC EPIC

जेन्जी आन्दोलनपछि बिस्थापित भएका प्रहरीलाई चाँडै इलाका प्रहरी कार्यालयमा फर्काइ कार्य सञ्चालन गराउन पहल गर्ने निर्णय भेलाले गरेको छ।

आन्दोलनका क्रममा पालिकाको फोहोर संकलन गर्ने ट्र्याक्टर जलेर नष्ट भएपछि व्यवस्थापनमा समस्या देखिएकोले नयाँ व्यवस्था नभएसम्म अध्यक्ष घिमिरेले ट्र्याक्टर उपलब्ध गराउने बताएका छन्। यसै सन्दर्भमा असोज ६ गते बिहान ७ बजे बनियानी बजार सरसफाइ गर्न नागरिक समाजले आह्वान गरेको छ।

साथै, चोरी–डकैती तथा अराजक गतिविधि रोकथामका लागि प्रत्येक नागरिक सचेत रहनु पर्ने र शान्ति सुरक्षाको वातावरण कायम गर्न एकअर्कालाई सहयोग गर्नुपर्ने निष्कर्ष भेलाले निकालेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *