कचनकवल। कचनकवल गाउँपालिकाले कर्मचारी नियुक्तिमा प्रक्रिया नपुर्याएको भन्दै रास्वपा कचनकवलले आपत्ति जनाएको छ।
गत साउन २८ गते पालिकाले सूचना निकालेर माध्यमिक तह अङ्ग्रेजीका लागि २ र आधारभूत तह अङ्ग्रेजीका पदका लागी २ जना गरी ४ जनाको आवेदन माग गरेको थियो।

गत ३२ गते उक्त पदका लागी ५ जना परिक्षार्थी सहभागी भएपनि केही परिक्षार्थीलाई भने पहिलै प्रश्न चुहाइएको आरोप रास्वपाको छ।
रास्वपाले पटकपटक हुने परिक्षाको प्रश्न तयार गर्ने एकै ब्यक्ति हुँदा त्रुटि दोहोरिएको जनाएको छ।
रास्वपाले पालिकालाई लिखित रुपमै परिक्षा र घटनाक्रमको छानविन गरी उचित कदम चाल्न अनुरोध गरेको छ।
