कचनकवल। पछिल्लो समय लोप हुन लागेको सन्थाली संस्कृति जगेर्ना र प्रवर्द्धन गर्ने उदेश्यले कचनकवलमा सन्थाल साँस्कृतिक खेल(विष खेला) समूहले कचनकवलमा वृहत् (विष खेल)प्रतियोगिताको आयोजना गरेको छ।

आयोजक समितिका सचीव अविनाश मोहलीका अनुसार भाद्र २१ गते बिहान ११ बजेदेखि कचनकवल-३ मा रहेको पथरिया माविको खेल मैदानमा हुन गइरहेको उक्त कार्यक्रममा सन्थाल समुदायको लोप हुँदै गएको साँस्कृतिक विष खेला प्रतियोगिता हुने बताउनुभयो।
प्रतियोगितामा सहभागी भइ प्रथम,द्वितीय र तृतीय हुनेलाई नगद राशी सहित प्रमाणपत्र दिइने छ भने अन्य प्रतियोगीलाई प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक समितीले जानकारी दिएको छ।
One Response
Wow nikai ramro lop unmukha saskritik ritiriwaj khel karyakramko jankari dinu vayekoma ra sampurnama upasthitiko lagi anurodh xa