कचनकवलमा सशस्त्रको छापा, ४८ लाख बढीको अवैध कपडा बरामद

कचनकवल। सशस्त्र प्रहरीले कचनकवलस्थित एक गोदाममा छापामारी २३ बोरा भन्सार छली गरी ल्याइएको अवैध कपडा बरामद गरेको छ।

तस्वीर फाइल

सोमबार सशस्त्र नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म घेराबारीका प्रमुख (डिएसपी) प्रभात गौतमको कमान्डमा खटिएको टोलीले भन्सार छलेर कपडा ल्याएर राखिएको सूचनाको आधारमा सशस्त्रले बनियानीमा छापा मारेको थियो।

EPIC EPIC EPIC EPIC EPIC

स्थानिय रंजिता खातुनको घरको गोदाममा २३ बोरा ४८ लाख १८ हजार ७ सय रुपैयाँ बराबरको भन्सार छलीको कपडा बरामद गरिएको दुई नम्बर गण झापाका डिएसपी एवं सशस्त्र प्रहरी प्रवक्ता दिनेश कटुवालले जानकारी दिए

बरामद गरिएको कपडालाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको डिएसपी कटुवालले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *