कचनकवलमा सामुदायिक वन उपभोक्ताहरूबीच जैविक विविधता संरक्षणमा प्रतिबद्धता

कचनकवल – सामुदायिक बन स्थानीय महासंघ कचनकवलको आयोजनामा नयाँ वर्ष २०८२ तथा सिरुवा पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा जलथल बनको जैविक विविधता संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। फरेस्टेसन नेपालको सहयोगमा आयोजना गरिएको कार्यक्रम त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला महासंघका अध्यक्ष बेदप्रकाश भण्डारी प्रमुख अतिथि रहनु भएको थियो भने स्थानीय महासंघका अध्यक्ष चेतराज भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सातवटा सामुदायिक वनका अध्यक्ष, सशस्त्र प्रहरी बल खुट्टामुनीका प्रतिनिधि, प्रहरी चौकी पथरियाका प्रतिनिधि सहित करिब एक सय २५ जना उपभोक्ताहरूको उपस्थिति रहेको थियो।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रममा जैविक विविधताको संरक्षण, सामुदायिक वनको दिगो व्यवस्थापन तथा उपभोक्ताहरूको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले वन संरक्षणमा स्थानीय समुदायको योगदान र भविष्यका योजनाबारे आफ्ना विचार राखेका थिए।

कार्यक्रमका स्थानीय महासंघ अध्यक्ष चेतराज भट्टराईले सामुदायिक वनहरूको सुदृढीकरण र संरक्षणका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने बताए। स्थानीय उपभोक्ताहरूले पनि वन संरक्षणका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *