कचनकवलमा सिचाइ मोटरमा तार जोड्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु

झापा, साउन १३ । कचनकवल गाउँपालिका–७, सितागढी टोलमा सिचाइ मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, राति घर नजिकै रहेको मोटरमा तार जोड्ने क्रममा ५० वर्षीय अरुण राजवंशीलाई करेन्ट लागेको थियो। घटनापछि थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटिएको थियो।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरीका अनुसार, आज बिहान ०९:२५ बजे सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी मृत शरीरलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *