Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा हात्तिपाइले बिरुद्धको औषधि सेवन अभियान

received 1325036475019632

कचनकवल। हात्तीपाइले रोग निवारणका लागी फागुन ११ गतेबाट हुन गइरहेको आम औषधि सेवन कार्यक्रम बारे कचनकवल गाउँपालिकाको स्वास्थ शाखाले सञ्चारकर्मी,राजनैतिक दल तथा समाजसेवी स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

received 723879229439271

गाउँपालिकाका स्वास्थ शाखा प्रमुख जागेश्वर यादवले ढुक्क भएर हात्तीपाइले रोग बिरुद्धको औषधि सेवन गर्न अनुरोध गरेका थिए।

EPIC EPIC EPIC

उनका अनुसार दुई वर्षभन्दा कम,गर्भवती र गम्भीर बिरामीबाहेकका व्यक्तिले ढुक्कसँग औषधि सेवन गर्न सक्ने छन्।

“हात्तीपाईले रोगबाट बच्न तीन थरि औषधिहरु प्रयोग हुन्छन् जुन पूर्ण रुपमा सुरक्षित छन् र यी औषधि विश्व भर प्रयोग हुँदै आईरहेकाछन्। यी तीन थरिका औषधिहरुको प्रयोगले हात्तीपाईले रोग लागिसकेकाहरूको प्रभावकारी रुपमा उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँदछ”, उनले भने।

उनका अनुसार हात्ती पाइलेको यो औषधिले आन्द्रा र रगतका जुकाहरु मार्दछ भने लुतो र जुम्राको उपचारमा पनि निकै सहयोगी हुन्छ।

कार्यक्रममा बोल्दै पालिकाका स्वास्थ शाखाका एसिस्टेन्ट
महेशचन्द्र नेपालले हात्तीपाइलेको औषधि खालिपेटमा खान नहुने उल्लेख गरे।
उनले भने, “यो औषधि खाली पेटमा खानुहुँदैन। शरीरमा हात्तीपाईले रोगको परजीवि भएका ब्यक्तीहरूमा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ, यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नु पर्दछ”।

उनका अनुसार त्यस्ता लक्षणहरु केहि घण्टाभित्रमा आफैँ हराएर जाने हुन्छ ।
कचनकवल गाउँपालिकामा यो अभियान फागुन ११ गतेबाट सुरु भइ फागुन २६ गतेसम्म गरी १४ दिनसम्म टोल-टोलमा संचालन हुनेछ।

received 720284496300714 1
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *