कचनकवल। झापाको कचनकवल गाउँपालिकामा जंगली हात्तीले तीनवटा घर भत्काएको छ।
बिहीबार बिहान १ बजे कचनकवल ३ दल्कीमा जंगली हात्तीको समूह आई स्थानीय सुरेश राजवंशीको टिनको छानो भएको घर भत्काई घरमा राखिएको २५ मन धान नष्ट गरेको छ।
त्यस्तै, सोही स्थानका फाकातलाल राजवंशीको भुइँ तले घरको भान्सामा क्षति पुर्याएको छ। त्यस्तै, सोही स्थानका सेलुट राजवंशीको टिनले छाएको सुत्ने घरमा राखिएको २० मन चामल नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।



















