कचनकवलमा हात्ती आतंक, फेरी पुर्‍यायो ४ घरमा क्षति

झापाको कचनकवल गाउँपालिकामा जंगली हात्तीले चारजनाको घर तथा अन्नबालीमा क्षति पुर्‍याएको छ।

आइतबार बिहान करिब ३ बजेको समयमा कचनकवल ३ स्थित दल्कीमा जंगली हात्ती आई स्थानीय देवी प्रसाद, वीरबहादुर राजवंशी, मुटकी हेमरम र सपना मालिको घर लगायत धान बाली समेत क्षती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरीका अनुसार हात्तीले देवी प्रसाद राजवंशीको टिनको छानो भएको भान्सा घर अन्दाजी एक लाख बराबरको त्यस्तै,
वीरबहादुर राजवंशीको टिनको छानो भएको भान्सा घर अन्दाजी मूल्य ७५ हजार बराबरको, मुटकी हेमरमको टिनको छानो भएको भुई घर र धान अन्दाजी मूल्य ६१ हजार र सपना मालीको १० मन धान अन्दाजी मूल्य १५ हजार बराबर गरी जम्मा २ लाख ५१ हजार बराबरको क्षति पुर्‍याएको छ।

उक्त स्थानमा दैनिक जसो जंगली हात्ती गाउँमा प्रवेश गरी स्थानीयको घरलगायत अन्नबाली नष्ट गर्ने गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *