कचनकवलमा १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

बनियानी- झापाको कचनकवल गाउँपालिकामा १६ वर्षीया एक नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-७ बस्ने ७१ वर्षीय पहलमान पौडेल खत्री र सोही ठाउँका ५५ वर्षीय रत्नबहादुर तामाङ रहेका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

उनीहरूले नाबालिकालाई पाथीभरा सामुदायिक वनमा लगेर डरत्रास देखाउँदै तथा ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

नाबालिकाकी आमाले हिजो जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले खत्री र तामाङलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *