कचनकवल — झापाको कचनकवल गाउँपालिका–२ स्थित नयाँ बजारमा एक १६ वर्षीय किशोरले आत्महत्या गरेका छन्। मृतक नगेन्द्र राजबंशी आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
शुक्रबार बिहान करिब ११:३० बजे गम्छाको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका उनलाई दिदी दमन्ती राजबंशीले देखेपछि तत्काल उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा दिउँसो १२:२० बजे उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
प्रहरी चौकी पथरिया अनुसार बिहान ११:३४ बजे घटना बारे जानकारी प्राप्त भएलगत्तै प्रहरी निरीक्षक हरिभक्त श्रेष्ठको टोली ११:३५ बजे घटनास्थलमा पुगेको थियो। झुन्डिएको ठाउँ घरको कोठाभित्र रहेको काठको बलोमा भएको प्रहरीले जानकारी दिएको छ।
मृतकका बाबु बिन्द्रेश्वर राजबंशी हाल अस्पतालमा रहेका छन्। आत्महत्याको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ