कचनकवलमा ७३ लाख लागतमा पाँचवटा बक्स कल्भर्ट निर्माण सुरू

कचनकवल। कचनकवल गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत बजेट अन्तर्गत निर्माण हुन लागेको पाँचवटा बक्स कल्भर्टको शिलान्यास गरेको छ।

कुल ७३ लाख रुपैयाँ बराबरको लागतमा निर्माण हुन लागेका कल्भर्टहरूको शिलान्यास गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशी र उपाध्यक्ष नवराज भट्टराईले संयुक्त रूपमा गरेका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

शिलान्यास गरिएका कल्भर्टहरूमा बिपी बन बाटिका कचनकवल–३, मादेको बाँध कचनकवल–१, बनियानी बजार पश्चिम विशाल बस्ती जाने बाटो, कचनकवल–३ को गेदगा बस्ती तथा जय गुरु मन्दिर जाने कचनकवल–१ का कल्भर्टहरू रहेका छन्।

गाउँपालिका अध्यक्ष राजवंशीले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै स्थानीयको सुविधाका लागि सडक तथा जल निकासी व्यवस्थापनको सुधार आवश्यक रहेको बताए। उपाध्यक्ष भट्टराईले समेत गुणस्तरीय निर्माण कार्यमा कुनै सम्झौता नहुने भन्दै ठेकेदारलाई निर्धारित समयभित्र काम सम्पन्न गर्न आग्रह गरे।

यी कल्भर्टहरू निर्माण भएपछि वर्षामा आउने बाढीका कारण सवारी तथा पैदल यात्रुहरूलाई हुने कठिनाइ समाधान हुने गाउँपालिकाको विश्वास छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *