कचनकवल। कचनकवल अपाङ्गता संस्थाको आयोजनामा दुईदिने वकालत योजना निर्माण कार्यशाला सम्पन्न भएको छ। फाल्गुन १५ र १६ गते कचनकवल गाउँपालिका ६ स्थित लक्ष्मी क्याम्पसमा सम्पन्न कार्यशाला एसएनजेडीको आयोजना तथा लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोगमा सम्पन्न भएको हो।
कार्यशालामा कचनकवल गाउँपालिकाका विभिन्न वडाका २५ जना अपाङ्गता भएका व्यक्तिहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले संस्थागत क्षमता विश्लेषण, अपाङ्गता भएका व्यक्तिहरूको समस्या पहिचान, राष्ट्रिय स्तरका ऐन, कानुन तथा प्रावधान सम्बन्धी जानकारी प्राप्त गर्नुका साथै वकालत योजना निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

कार्यशालामा एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडाल, कार्यक्रम अधिकृत सुरज दंगाल, र सामाजिक परिचालक हेम कुमार खड्काले प्रशिक्षण प्रदान गरेका थिए।
कार्यशालाका सहभागीहरूले वकालत योजनाका विभिन्न पक्षहरूमाथि छलफल गर्दै समुदायस्तरमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच, समावेशिता र अधिकारका लागि रणनीति तयार गरेका छन्।