कचनकवल। सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै कचनकवल गाउँपालिकाका कर्मचारीले आज गाउँपालिका परिसरमा पालिकामा कार्यरत कर्मचारीहरूले विरोध जनाएका छन्। उनीहरुले हातमा कालो कपडा बाँधी विरोध जनाएका छन् ।
आज ( मंगलबार ) कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र राजवंशीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, लामो समयसम्म स्थानीय तहमा अस्थायी तथा करार सेवामा दरवन्दीमा कार्यरत रहेका र तोकिए बमोजिमको शैक्षिक योग्यता भएको कर्मचारीलाई एक पटकको लागि उमेर हद नलाग्ने गरी लोक सेवा आयोगको सिमित आन्तरिक प्रतियोगिताको माध्यमबाट स्थायी गर्ने व्यवस्था गर्ने र उक्त प्रक्रियाबाट स्थायी हुन नसकेका कर्मचारीलाई सेवा अवधिका आधारमा उपयुक्त सेवा सुविधा प्रदान गरी अवकाश दिने व्यवस्था गरिनुपर्नेलगायतका १८ बुँदे माग राखी उनीहरूले विरोध जनाएका हुन्।