नवीन उप्रेती
बनियानी। झापाको कचनकवल गाउँपालिकाले यहाँका चार वटा विद्यालयलाई आज प्रिन्टर प्रदान गरेको छ ।
आज गाउँपालिकाको सभाहलमा संक्षिप्त कार्यक्रमका बीच नव दुर्गा आधारभूत विद्यालय पिण्डालबारी, गंगालाल आधारभूत विद्यालय कुट्टी, आमबारी आधारभूत विद्यालय आमबारी र आदर्श प्रावि सुकनाडिगीलाई फोटोकपीसहितको प्रिन्टर प्रदान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत भूमि निरौलाले जानकारी दिनुभयो ।




सम्बन्धित विद्यालयका प्रतिनिधिलाई गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले प्रिन्टर हस्तान्तरण गर्नुभयो । कार्य सम्पादनमा थप सहजताका लागि विद्यालयहरुलाई प्रिन्टर प्रदान गरिएको उहाँले बताउनुभयो । विद्यालयलाई प्रदान गरिएको प्रिन्टरले थोरै भए पनि शैक्षिक गतिविधि गर्न सहज हुने उहाँको भनाइ छ ।
आवश्यकताको आधारमा कार्यपालिकाको बैठकबाटै निर्णय गरेर ती विद्यालयलाई प्रदान गरिएको फोटोकपीसहितको प्रिन्टरको करिब एक लाख १० हजार रुपैयाँ पर्ने प्रशासकीय अधिकृत निरौलाले बताउनुभयो ।