कचनकवल गाउँपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य सहायक सामग्री वितरण

कचनकवल। कचनकवल गाउँपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत विभिन्न स्वास्थ्य सहायक सामग्री वितरण गरेको छ।

उक्त कार्यक्रम कोशी प्रदेश सरकार, कचनकवल गाउँपालिका र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय साझेदारीमा आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालन गरिएको हो।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई ट्वोलेट चेयर ५ थान, श्रवण यन्त्र १० थान(अस्पतालबाट प्राविधिकद्वारा फिटिङ गराएर उपलब्ध गराइने गरी), एअर म्याट्रेस १४ थान, ह्वाइट केन १५ थान, ह्विलचेयर १७ थान, वाल्किङ स्टिक ११ थान र वैसाखी २ थान वितरण गरिएको करुणा फाउन्डेसन नेपालकी पालिका संयोजक अञ्जना लामिछानेले जानकारी दिइन्।

सहायता वितरण कार्यक्रममा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काइ पोख्रेल, शिक्षा शाखा प्रमुख मनिता बराल, शिक्षा तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्राविधिक सुनिता दाहाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मेनुका घिमिरे तथा करुणा फाउन्डेसन नेपालकी पालिका संयोजक अञ्जना लामिछानेको उपस्थिति रहेको थियो।

गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न यस प्रकारका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *