कचनकवल गाउँपालिकाद्वारा डा. महावीर पुनको अभियानलाई ५० हजार बराबरको पुस्तक खरीद गर्दै समर्थन

कचनकवल – झापाको कचनकवल गाउँपालिकाले वैज्ञानिक डा. महावीर पुनको आत्मकथा ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ ५० हजार रुपैयाँ बराबरको खरीद गरी उनको अभियानलाई समर्थन गरेको छ।

गाउँपालिकाको सभाहलमा आइतबार आयोजित स्वागत–सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले डा. पुनको अभियानलाई सहयोग पुर्याउने उद्देश्यले पुस्तक खरीद गरिएको बताए। “नेपालजस्तो कृषि प्रधान देशमा कृषि औजार उत्पादनको काम अत्यन्तै महत्वपूर्ण छ,” अध्यक्ष राजवंशीको भनाइ थियो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

डा. पुनले राष्ट्रिय आविष्कार केन्द्रमार्फत बीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक संकलन गर्ने लक्ष्यसहित आफ्नो पुस्तक बिक्री अभियान चलाइरहेका छन्। कार्यक्रममा उनले कृषि औजार उत्पादनमार्फत राष्ट्रलाई योगदान दिने उद्देश्यका साथ आफू सक्रिय भएको बताए।

पूर्व प्रदेशसभा सदस्य बसन्त बानियाले डा. पुनको ज्ञान र सीपलाई आमजनतासम्म पुर्याउने अभियानको प्रशंसा गर्दै यसलाई मुलुकको विकासका लागि प्रेरणादायी पहल भने। गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले डा. पुनलाई “समृद्ध नेपालको यात्रामा लागिपरेका अथक योद्धा” को रूपमा वर्णन गरे।

डा. पुनका अनुसार हालसम्म दुई लाख ३० हजार प्रति पुस्तक बिक्री भई करिब १२ करोड रुपैयाँ संकलन भएको छ, जसबाट कृषि औजार कारखाना सञ्चालन भइरहेको छ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका पूर्व नगरप्रमुख जीवन श्रेष्ठ, भद्रपुर गोल्डकपका अध्यक्ष दीपेश ढकाल, जनप्रतिनिधि तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिको उपस्थिति थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *