कचनकवल- कचनकवल गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ अन्तर्गत अपाङ्गता रोकथाम र पुनः स्थापना कार्यक्रमका लागि सहायक सामग्री वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। आइतबार गाउँपालिकाको परिसरमा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न प्रकारका सहायक सामग्री वितरण गरिएको हो।

कार्यक्रमअन्तर्गत १४ ह्विलचेयर, २ बैशाखी, ५ श्रवण यन्त्र, १ वाल्कर, ४ एल्बो कर्चेज, २ तीन पाङ्ग्रे साइकल, २ कम्बोर्ड चियर र १ सेतो छडी गरि कुल ३१ जनालाई सामग्री प्रदान गरिएको कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले बताउनु भयो।

सहायक सामग्री प्राप्त गरेपछि अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो दैनिक जीवनमा सहजता अनुभव गरेको र आत्मविश्वासमा वृद्धि भएको बताएका छन्। यस कार्यक्रमको निरन्तरताको अपेक्षामा सहभागीहरूले स्थानीय सरकार धन्यवाद व्यक्त गरे।
कार्यक्रममा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी, पालिका उपाध्यक्ष नवराज भट्टराई, वडा नम्बर ७ का वडाध्यक्ष भारत राजवंशी, जिन्सी शाखा प्रमुख भूमी प्रसाद निरौला, शिक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुनिता दाहाल र शिक्षा शाखा प्रमुख मनिता बराल गायतको उपस्थिति रहेको थियो। सामग्री वितरण गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी र उपाध्यक्ष नवराज भट्टराईले गरेका गर्नुभएको छ।
