कचनकवल गाउँपालिकामा बगर खेती: भूमिहीन र विपन्न परिवारलाई आयआर्जनको अवसर

बनियानी। झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका ‘बगर खेती प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताएका छन् ।

युएनडीपी र कचनकवल गाउँपालिकाको लागत साझेदारीमा २५ बिघा खोला उकास जग्गामा बगर खेती कार्यक्रम सञ्चालन भइरहेको उनले बताएका छन् । कार्यक्रमको व्यवस्थापन न्याय तथा विकासका लागि सामाजिक सञ्जाल(एसएनजेडी) ले गरिरहेको छ । “विपन्न नागरिकका लागि आय आर्जनको माध्यम सिर्जना गर्नुका साथै भूमिमा उनीहरुको अधिकार सुनिश्चित गर्ने लक्ष्य रहेको छ”, उनले भने, “जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने उद्देश्यले पनि हो ।”

EPIC EPIC EPIC

यो कार्यक्रमका लागि यूएनडीपीको रू ८१ लख २५ हजार आठ सय, कचनकवल गाउँपालिका र भूमिगत सिञ्चाइ आयोजनाको रू एक करोड नौ लाख ३८ हजार गरी कूल रू एक करोड ९० लाख ६३ हजार आठ सय लगानी रहेको छ ।
जग्गामा घेराबार गरी करिब १५ बिघामा नौ हजारबढी सुपारीका बिरुवा रोपिएको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले बताएका छन् । गाउँपालिकाले छनोट गरेको लक्षित वर्ग विपन्न, आदिवासी, दलित लगायतका एक सय पाँच परिवारमध्ये ९६ परिवारलाई जग्गा प्रदान गरिएको उनले बताए । उनीहरुले २० वर्षसम्म सो जग्गा प्रयोग गर्न पाउने छन् । त्यसपछि गाउँपालिकाले सो जग्गाको कसरी प्रयोग गर्ने निर्धारण गर्ने उनले बताए ।

“हामीले सुपारी खेतीलाई प्राथमिकता दिएका छौं, यसले आय आर्जनसँगै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न मद्दत मिल्ने अपेक्षा छ”, उनले भने, “लाभग्राहीहरुले आफ्नो चाहना अनुसार तरकारी र खरबुजा खेती पनि गरेका छन् ।” खेतीबाट प्राप्त लाभ शतप्रतिशत उनीहरुले नै पाउने उनको भनाई छ । क्षतिग्रस्त भूमिको व्यवस्थापन गरेर भूमिहीनहरुमा भूमिको पहुँच पु¥याउन योजना पनि रहेको उनले बताए । प्रतिपरिवार एक सयदेखि एकसय ५० वटा सुपारीको बोट जिम्मा लगाइएको बताउँदै उनले भने, “त्यसको देखरेख लाभग्राहीले नै गर्नुपर्छ, प्राप्त प्रतिफल पनि उनीहरुले पाउँछन् ।”
करिब ५० बिघामा सिञ्चाइ क्षमताको भएको डिप बोरिङ समेत निर्माण गरिएको छ भने बिरुवा उत्पादनका लागि हाइटेक प्रविधिको टनेल समेत बनाइएको यूएनडीपीका कार्यक्रम अधिकृत सुरज दंगालले बताए । “टनेलमा एक पटकमा करिब २७ हजार बिरुवा उत्पादन सकिन्छ”, उनले भने, “लेयर बनाएर गर्ने हो भने पाँच लेयरमा एक लाख ३५ हजार भन्दा बढी बिरुवा उत्पादन गर्न सकिन्छ ।”
बगर खेती कार्यक्रम अन्तरगत कचनकवल–५ का कुर्वान मियाले चार कठ्ठा जग्गा प्राप्त गरेको बताए । तरकारी र खरबुजा खेती गरिरहेको बताउँदै उनले भने, “जग्गा पाएर खुसी छु, पहिला सिञ्चाइको व्यवस्था थिएन, अहिले सिञ्चाइ पनि पुगेको छ ।”

विपन्न परिवारलाई जग्गा दिए पनि अपनत्व ग्रहण गराउन र उनीहरुलाई बुझाउन समस्या भइरहेको छ । कपितयले दैनिकजसो सुपारी र आफूले लगाएको बालीको नियमित देखरेख र स्याहारसुसार गरिरहे पनि कतिपयले अझै अपनत्व ग्रहण नगरेको एसएनजेडीका हेमकुमार खड्काले बताए । “कार्यक्रमलाई सफल बनाउन सरोकारवालाहरुले अझै केही वर्ष नियमित सानो–ठूलो सहयोग गर्नुपर्ने आवश्यकता छ”, उनले भने, “लाभग्राहीले प्रतिफल पाउन नथालेसम्म सहयोग गर्नुपर्ने देखिन्छ ।”

गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले यूएनडीपी र एसएनजेडीको कार्यक्रम अवधि समाप्त भए पनि गाउँपालिकाले सोको अपनत्व ग्रहण गरेर विपन्न नागरिकका लागि सुरुवात गरेको कार्यक्रममा निरन्तरता दिने बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *